तनहुँमा ७२ वर्षीया आमाकाे छाेराद्वारा हत्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ७२ वर्षीया आमाकाे छाेराद्वारा हत्या

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१२ दरैपधेंरामा चिर्पट प्रहार गरी छोराले आमाको हत्या गरेका छन् । सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेम दरैले ७२ वर्षीया लक्ष्मी दरैको शुक्रबार चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

    मादक पदार्थ सेवन गरेका प्रेमले प्रहार गरेको चिर्पट लागेर घाइते लक्ष्मीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरी नायब उपरिक्षक तिमिल्सनाका अनुसार प्रेमलाई प्रहरीले पक्राउ गरेको छ ।

    घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ । “मादक पदार्थ सेवन गरेको अवस्थामा छोराले आमामाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौ,” तिमिल्सिनाले भन्नुभयो ।