म्याराथनको रुट अवलोकनसँगै स्थानीयवासीसँग छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याराथनको रुट अवलोकनसँगै स्थानीयवासीसँग छलफल

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७७, शनिबार

    तनहुँ : माघ १६ गते आयोजना हुने चौथो व्यास अल्ट्रा म्याराथनका लागि नगरपालिकाले रुट अवलोकन गर्नुका साथै स्थानीयवासीसँग छलफल गरेको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेको नेतृत्वमा नगरपालिकाको टोलीले व्यास-८ पुलिमराङ पुगेर रुट अवलोकन गर्नुका साथै स्थानीयवासीसँग छलफल गरेको हो।

    छलफलमा नगर प्रमुख न्यौपानेले विगत वर्षमा जस्तै स्थानीयवासीको तर्फबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहॉले व्यास-५ मानुङ र व्यास-८ पुलिमराङलाई परिचित गराउन म्याराथनले सहयोग पुर्याएको उल्लेख गर्नुभयो । स्थानीयवासीले म्याराथन नगरपालिकाको पहिचान भएकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    उक्त कार्यक्रममा उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, जनप्रतिनिधि, कर्मचारी सहभागी हुनुहुन्थ्यो ।

    ४४ किमि दूरीको म्याराथनका लागि देशका विभिन्न जिल्लाबाट धावकहरुले नाम दर्ता गर्ने क्रम जारी रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमश; ८५०७७, ६५०७७,५५०७७ र सान्त्वना पॉच जनाले १६,०७७ नगद पुरस्कार पाउनेछन् ।