काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोभिड- १९ विरुद्दको खोप अभियान शुभारम्भ गरिने बताउनुभएकाे छ । उहाँले नेपाल सशस्त्र प्रहरीको २०औं स्थापना दिवसमा सम्बोधन गर्दै पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउने पहिलो लक्षित समुहमा राखेको बताउनुभयाे ।
उहाँले कोभिड- १९मा सशस्त्र प्रहरीले ज्यानको बाजि राखेर खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयाे । उक्त समयमा उनले स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी पनि धन्यवादको पात्र भएको उल्लेख गर्नुभयाे ।
उहाँले करिब ४ लाख ५० हजार फ्रन्टलाइनरहरुलाई पहिलो चरणमा खोप लगाउने र अर्को चरणको खोप ल्याउने प्रयासमा लागिरहेको बताउनुभयाे ।