पूर्वजनमुक्ति सेनाका कमान्डरहरुलाई ओलीको आश्वासन– विगतमा जस्तो धोका पाउनुहुन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वजनमुक्ति सेनाका कमान्डरहरुलाई ओलीको आश्वासन– विगतमा जस्तो धोका पाउनुहुन्न

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७७, शनिबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमान्डरहरूसँग छलफल गर्नुभएकाे छ । ओलीले शनिबार बालुवाटारमा छलफल गरेका हुन् । साे क्रममा प्रधानमन्त्री ओलीले नेतृत्वबाट विगतमा जस्तो धोका नपाउने आश्वासन दिनुभएकाे छ । भेटमा पूर्वजनमुक्ति सेनाहरुको वास्तविक समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

    “जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाइँहरूका भावनाको दुरूपयोग गर्‍यो,’’ “ओलीको भनाइ उद्धृत गर्दै थापाले फेसबुकमा लेख्नुभएकाे छ, “यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाइँहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’’
    तस्बिरः प्रधानमन्त्रीको सचिवालय ।