दुलेगौँडा : सामाजिक कार्यमा अग्रसर शुक्लागण्डकी जेसिजले आखा शिविर गर्ने भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा जेष्ठ नागरिकका लागि माघ १५ गते शिविर गर्न लागेको अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
हिमालयन आखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग, वडा कार्यालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटि थप्रेकको समन्वयमा शिविर हुनेछ । जेष्ठ नागरिकमा देखिने आखाको समस्यालाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागेको श्रेष्ठले बताउनुभयो ।
करिब दुई दशक लामो इतिहास बोकेको शुक्लागण्डकी जेसिजले यस अगाडी पनि थुप्रै सामाजिक काम गर्दै आएको छ । प्रतिकात्मक तस्बिर