मुख्यमन्त्री राई र मोडेल जाङ्मु विवाह बन्धनमा बाँधिदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुख्यमन्त्री राई र मोडेल जाङ्मु विवाह बन्धनमा बाँधिदै

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०७७, आईतवार

    काठमाडाै : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडेल जाङ्मु इन शेर्पाबीच आज काठमाडौंको एक पार्टी प्यालेसमा बिहे हुँदैछ। बिहेपछि हुने रिसेप्सन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको राई निकट स्रोतले जनाएको छ।

    ४९ वर्षीय राई र आधा कम उमेरकी जाङ्मुबीच प्रेम बिबाह हुन थालेको हो। कोरोनामहामारीका कारण काठमाडौंमा सामान्य रिसेप्सन आयोजना भएपनि विराटनगरमा भोजको आयोजना गरिने राईको सचिवालयले जनाएको छ।

    मिस मंगोल २०१८ समेत रहेको जाङ्मुसँग सामाजिक कार्यक्रमहरुमा दुई वर्षअघि पहिलोपटक राईको भेट भएको थियो। त्यसपछि उनीहरु नियमित कुराकानी र भेटघाटमा थिए।