भूमिहिनको लगत सङ्कलनका लागि व्यासले माग्यो तथ्याङ्क सङ्कलक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भूमिहिनको लगत सङ्कलनका लागि व्यासले माग्यो तथ्याङ्क सङ्कलक

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले भूमिहिनको लगत सङ्कलन गर्ने कार्यका लागि तथ्याङ्क सङ्कलक आह्वान गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्यका लागि तथ्याङ्क सङ्कलक आह्वान गरेको हो ।

    नगरपालिकाले सूचना प्रकाशित गरी हाललाई दुई महिनाको लागि केही तथ्याङ्क सङ्कलक माग गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । इच्छुकहरुले माघ १७ गतेभित्र दरखास्त दिन सक्नेछन् । तथ्याङ्क सङ्कलकले १४ वडामा भूमिहिन, सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्य गर्नुपर्नेछ ।