फरार दश प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फरार दश प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७७, आईतवार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका दश प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिको खोजी अभियान अन्तर्गत प्रहरीले आज दश प्रतिवादीलाई पक्राउ गरेको हो ।

    प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार लागुऔषध गाँजा मुद्दामा विगत एक वर्षदेखि फरार रहेकी व्यास नगरपालिका–२ भेटघाटचोक बस्ने ३० वर्षीया साहिदा भन्ने सना खान पक्राउ परेकी छन् । उनलाई तनहुँ जिल्ला अदालतले विसं २०७६ चैत ४ गते चार महिना कैद र रु चार हजार जरीवानाको फैसला गरेको थियो ।

    प्रनाउ तिमिल्सिनाका अनुसार सम्बन्धविच्छेद मुद्दामा फरार सात, जालसाजी मुद्दामा फरार एक र लुटपिट मुद्दामा फरार एक जना पक्राउ परेका छन् । पक्राउ परेकाबाट चार महिना कैद र रु १५ हजार पाँच सय जरीवाना भुक्तान गर्न बाँकी रहेकाले अदालत उपस्थित गराइएको छ ।