गण्डकी प्रदेश : ११ जिल्लाका लागि ३९ हजार डोज कोरोना भ्याक्सिन, तनहुँलाई ३७७२ डाेज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेश : ११ जिल्लाका लागि ३९ हजार डोज कोरोना भ्याक्सिन, तनहुँलाई ३७७२ डाेज

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०७७, सोमबार

    पाेखरा : कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि गण्डकी प्रदेशका जिल्लाहरूमा सोमबारदेखि भ्याक्सिन वितरणको काम सुरु भएको छ। भारतले नेपालका लागि पठाएको ‘कोभीशिल्ड’ भ्याक्सिन काठमाडौंबाट प्रदेश राजधानी पोखरा आइपुगेपछि आइतबार दिउँसो र सोमबार बिहान बसेका बैठकबाट जिल्ला रहेको सङ्क्रमणको अनुपातअनुसार खोप पठाउने काम सुरु गर्न लागिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिनुभयाे ।

    निर्देशक खड्काका अनुसार गण्डकी प्रदेशका लागि कुल ३९ हजार १ सय ३९ डोज खोप प्राप्त भएको छ। जसबाट स्याङ्जामा ३ हजार ४ सय २१, मुस्ताङमा ४ सय ८६, मनाङमा ४ सय ५७, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा  २ हजार ३ सय ३५, लमजुङमा ३ हजार ५ सय १२, बागलुङमा ३ हजार ९ सय २९, गोरखामा ४ हजार १४, कास्कीमा  १२ हजार ५ सय ९०, म्याग्दी १ हजार ८ सय ७१, पर्वतमा २ हजार ७ सय ५१ र तनहुँमा ३ हजार ७ सय ७२ डोज खोप पठाउन लागिएको छ।

    छुट्याइएकामध्ये पर्वत, बागलुङ र म्याग्दीका लागि सोमबार नै खोप पठाउन लागिएको छ। मुस्ताङका लागि पठाउन लागिएको खोप भने सोमबार म्याग्दीमा राखेर बुधवार मुस्ताङमा खोप लगाउने गरी पठाउने तयारी गरिएको छ। यसका लागि सम्बन्धित जिल्लाहरूसँग सहकार्य गरिएको खड्काले जानकारी दिए। अन्य जिल्लाहरूमा पनि बुधबारसम्ममा खोप उपलब्ध गराउने तयारी भएको छ।