३४ दिनको अध्यक्ष माधवकुमार नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ३४ दिनको अध्यक्ष माधवकुमार नेपाल

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०७७, सोमबार

    काठमाडौं : प्रतिनिधि सभा विघटन भएसँगै सत्तारुढ नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भयो । गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेपति सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको हो । 

    प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको एक समूह र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्काे समूह देखापरेको छ । प्रचण्ड समूहमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु छन् ।

    ओली समूहले प्रचण्ड समूहलाई पदको लोभमा पार्टीमा विवाद झिकेको आरोप लगाइरहेका बेला प्रतिनिधि सभा विघटन गरेको तेस्रो दिन पुस ७ गते नै प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएर नेता नेपाललाई अध्यक्ष बनाएको थियो ।

    तत् पश्चात दुवै समूहले एकअर्काे समूहका नेताहरुलाई कारबाही गर्दै जिम्मेवारी खोसेको निर्णय गरिहेका थिए । आइतबार (माघ ११) पनि प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको बतायो । तर, सोही दिन आइतबार नै निर्वाचन आयोगले दुवै समूहको दाबी अस्वीकार गर्ने निर्णय गरेको छ । 

    आइतबार बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षले आफू खुशी गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको हो । राजनीतिक रुपले विभाजित भएको नेकपा कानुनी रुपमा विभाजन नभएको आयोगले निष्कर्ष निकालेको छ । 

    आयोगको सो निर्णयसँगै नेता नेपाल पुस ७ गतेदेखि माघ ११ गतेसम्म मात्र अध्यक्ष बने । उनीजस्तै ओली समूहले प्रदीप ज्ञवालीलाई पार्टीको प्रवक्तामा नियुक्त गरेको थियो । यसको पनि वैधता रहने । ओली समूहले मनोनीत गरेका केन्द्रीय सदस्यहरुको पनि वैधता रहेन । 

    स्राेत : डिसीनेपाल