तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाकाे बाह्राै साधारणसभाकाे तयारी पूरा भएकाे छ । महासङ्घकाे साधारणसभा मङ्गलबार व्यास नगरपालिका-४ स्थित निम्ताे पार्टी प्यालेसमा हुँदैछ ।
साधारणसभाकाे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । साधारणसभाकाे अवसरमा शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ । टिकानिधी ढुङ्गाना पत्रकारिता पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ । यसैगरी भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।