तनहुँ :नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका ६ पूर्व अध्यक्ष पुरस्कृत हुनुभएको छ । शाखाको मङ्गलबार आयोजित बाह्रौ साधारणसभाका अवसरमा विभिन्न पुरस्कारबाट खबरपुञ्ज अनलाइनका प्रधान सम्पादक प्रेमप्रसाद पाैडेल सहित ६ जना पूर्व अध्यक्ष पुरस्कृत हुनुभएको हो ।
महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टिकानिधी ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व अध्यक्षहरुलाई प्रदान गरिएको छ ।
सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ । टिकानिधी ढुङ्गाना पत्रकारिता पुरस्कार–२०७५ बाट विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्ले पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ । यसैगरी भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कारबाट प्रेमप्रसाद पौडेल पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।
तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याए बापत उहाँहरुलाई पुरस्कृत गरिएको शाखाका अध्यक्ष ओमकार आचार्यले जानकारी दिनुभयो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उहाँहरुलाई नगद सहित सम्मानपत्रले पुरस्कृत गर्नुभयो ।