घिरिङमा एकैसाथ पाँच वटा वृहत खानेपानी योजना शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङमा एकैसाथ पाँच वटा वृहत खानेपानी योजना शुरु

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०७७, मंगलवार

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँच वटा खानेपानी योजना निर्माण शुरु भएको छ । खानेपानी सुविधा नपुगेका घरहरुमा खानेपानी पु¥याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा एकैसाथ पाँच वटा खानेपानी योजना निर्माण शुरु भएको हो ।

    उक्त वडाका पाँच वटा टोलमा निर्माण शुरु भएको वृहत खानेपानी योजनाको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गर्नुभयो । कटहरे, बैडी, भण्टार, अत्रौली र पुट्टारमा निर्माण शुरु भएको योजनाको शिलान्यास गर्दै मन्त्री गुरुङले प्रत्येक घरघरमा खानेपानी पु¥याउने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।

    Image may contain: 6 people, including Gurung Kiran, people standing and outdoor

    प्रदेश गौरवको आयोजना शालिग्राम करिडोरको निर्माणमा अवरोध भएको भन्ने जनगुनासो सम्बोधन गर्दै मन्त्री गुरुङले गौरव आयोजना निर्माणमा अवरोध गर्ने व्यक्ति, समूह, प्रशासन जोसुकैलाई तनहुँ जिल्लामा एक मिनेट पनि बस्ने अनुमति नभएको बताउनुभयो । “पृथ्वीराजमार्गका कारण जसरी पोखराको मुहार फेरिएको छ त्यसैगरी शालिग्राम करिडोरले तनहुँको घिरिङ, ऋषिङ क्षेत्रको मुहार फेरिन्छ,” मन्त्री गुरुङले भन्नुभयो, “गौरवको आयोजना निर्माणमा सबैले सहयोग पु¥याउनुपर्छ ।”

    गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु दश करोड ६० लाख ६७ हजार ९ सय ९ को लागतमा पाँच वटा योजना निर्माण शुरु भएको डिभिजन खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियर बामदेव पौडेलले जानकारी दिनुभयो । स्किम १ अन्तर्गत कटहरेमा रु दुई करोड पाँच लाख ८३ हजार एक सय १९, स्किम २ अन्तर्गत पुट्टारमा रु दुई करोड १४ लाख ६८ हजार ६ सय २१, स्किम ३ अन्तर्गत बैडीमा रु चार करोड आठ लाख १३ हजार चार सय २४, स्किम ४ अन्तर्गत भन्टारमा रु ५९ लाख एक सय चार र स्किम ५ अन्तर्गत अत्रौलीमा रु एक करोड ७३ लाख दुई हजार ६ सय ४० को लागतमा खानेपानी योजना निर्माण हुनेछ ।

    सबै खानेपानी योजनामा स्थानीयवासीले दश प्रतिशत श्रमदान गर्नुपर्नेछ । योजना निर्माणका लागि विसं २०७७ असार २४ गते लमजुङको पराजुली कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । सबै योजनाको सम्पन्न गर्नुपर्ने म्याद विसं २०७९ असार २४ सम्म रहेको छ ।

    कटहरेमा इन्टेक सम्पवेल, पम्प हाउस, ३५ घनमिटर आरसिसि पानीपोखरी निर्माण, धारा लगायतका काम सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष गणेश ठकुरीले जानकारी दिनुभयो । पुट्टारमा इन्टेक सम्पवेल, पम्प हाउस, ३५ घनमिटर आरसिसि पानीपोखरी, सोलार फिटिङ, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुने उपभोक्ता समितिका अध्यक्ष विजय भट्टराईले जानकारी दिनुभयो । बैडीमा इन्टेक सम्पवेल, पम्प हाउस, १५० घनमिटर आरसिसि पानीपोखरी निर्माण, सोलार फिटिङ, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुने उपभोक्ता समितिका अध्यक्ष केशवराज पोख्रेलले जानकारी दिनुभयो ।

    भन्टारमा इन्टेक, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुनेछ भने अत्रौलीमा पानी प्रशोधन केन्द्र, क्रसिङ, भल्भ च्याम्बर, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुनेछ ।