एसियन सहकारीको मार्ट सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एसियन सहकारीको मार्ट सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०७७, बुधबार

    तनहुँ : एसियन उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित एशियन मार्टको शुभारम्भ भएको छ । जिल्लामा नै सहकारीबाट सञ्चालन हुन लागेको सुपथ मूल्य पसल एसियन मार्टको बुधबार शुभारम्भ गरिएको हो ।

    मार्टको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सुपथ मूल्यमा उपभोक्तालाई सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । सहकारीको मूल्य मान्यता बमोजिम सहकारी सञ्चालन हुनुपर्नेमा न्यौपानले जोड दिनुभयो ।

    सहकारीको मूल्य र मान्यता अनुसार पसल सञ्चालन गरिएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल सरकारलेनै सहकारी मार्फत उपभोक्तासँग प्रत्यक्ष जोडिने नीति अन्र्तगत सुपथ मूल्य पसल संचालन गरेर उपभोक्ता सहकारीको उदेश्य अनुरुप काम गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    दमौली बजारको मुख्य चोकमा सुपथ मूल्य पसल संचालन गरिएको एशियन मार्टका संयोजक हरि कार्कीले जानकारी दिनुभयो । उपभोक्ताका लागि दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने लक्ष्य लिएका संयोजक कार्कीले जानकारी दिनुभयो ।

    सुपथ मूल्यका साथै गुणस्तरीय उपभोग्य समान पसलमा उपलव्ध हुनेछ । यसका साथै दैनिक उपभोग्य वस्तु तथा किचनका सामानहरु एकै ठाउँमा उपलव्ध हुने, होम डेलिभरिको व्यवस्था रहेको, डेविड तथा क्रेडिट कार्डमार्फत सामान किन्न सकिने, डिस्काउन्ट कार्डको समेत व्यवस्था गरिएको संयोजक कार्कीले बताउनुभयो ।

    १ करोडको लगानीमा सञ्चालन गरिएको उपभोक्ता पसलमा ३ दिनसम्म सामान खरिद गर्ने ग्राहकलाई विशेष छुट दिईने संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।