शैक्षिक स्तर सुधारका लागि अभिभावकको जागरुकता आवश्यक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    शैक्षिक स्तर सुधारका लागि अभिभावकको जागरुकता आवश्यक

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०७७, बुधबार

    तनहुँ : सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि अभिभावकको जागरुकता आवश्यक रहेकोमा जोड दिइएको छ । व्यास नगरपालिका–५ पाटनस्थित पराशर आधारभूत विद्यालयको बुधबार आयोजित २९ औ वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रममा वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले स्वयं अभिभावक सचेत नभएसम्म विद्यालयको गुणस्तर सुध्रन नसक्ने बताउनुभयो । श्रेष्ठले समुदायको निरन्तर चासो र दबाब भए शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकिने बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका पूर्व प्रमुख ताराप्रसाद श्रेष्ठ, लायन्सका पूर्व गर्भनर अशोककुमार श्रेष्ठ लगायतले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि सबैको चासो हुनुपर्ने बताउनुभयो ।

    विद्यार्थीलाई स्वीटर वितरण

    सोही अवसरमा लायन्स क्लव अफ तनहुँ र लियो क्लव अफ तनहुँले विद्यालयका विपन्न विद्यार्थीलाई स्वीटर सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ ।