तनहुँमा पहिलो दिन १ सय ४ ले लगाए कोभिड खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा पहिलो दिन १ सय ४ ले लगाए कोभिड खोप

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०७७, बुधबार

    तनहुँ : तनहुँमा बुधबार १ सय ४ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । कोभिडशिल्ड खोप अभियानको पहिलो दिन प्राथमिकतामा परेका १ सय ४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    खोप लगाएका कसैलाई पनि असाधारण लक्षण नदेखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

    पहिलो दिन व्यासका ६९, म्याग्देका १९, ऋषिङका १६ जनाले खोप लगाएका छन् । तनहुँमा १६७९ जनालाई खोप लगाउँदैछ ।