दशवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दशवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक शुरु

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७७, बिहीबार

    तनहुँ : तनहुँ जिल्लाका दश वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक शुरु भएको छ । सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचनको तयारी स्वरुप दश वटै स्थानीय तहमा बिहीबारदेखि मतदाता नामावली अद्यावधिक शुरु गरेको हो ।

    निर्वाचनका कार्यालयका प्रमुख महेश शर्माका अनुसार दशवटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारीलाई अभिमुखीकरण पश्चात् अद्यावधिकको काम शुरु गरिएको छ । गत पुस ५ गतेसम्ममा मतदाता नामावलीका लागि नाम सङ्कलन भई सोही मितिसम्मा अठार वर्ष पुगेका व्यक्तिहरुको नामावली अद्यावधिकका लागि सबै स्थानीय तहमा नामावली पठाइएको छ ।

    जसबमोजिम मतदाता नामावली प्रकाशन, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउनका लागि निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नाम हटाउन निवेदन दिने लगायतका कार्य गरिनेछ ।

    आँबुखैरेनी गाउँपालिकाले आज नै सार्वजनिक सूचना प्रकाशित गरी मतदाता नामावली अद्यावधिकका लागि अनुरोध गरेको छ । वडा नं १ देखि ६ नं वडाको मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदाता नामावली विवरणमा नाम हटाउन, त्रुटि सच्याउन, दावी विरोध गर्न, दोहोरो नाम परेमा हटाउनुपर्नेमा भएमा सात दिनको अवधिभित्र गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरिएको सहायक नाम दर्ता अधिकारी अशोक घिमिरेले जानकारी दिनुभयो ।

    निर्वाचन कार्यालयका अनुसार जिल्लामा विसं २०७४ को निर्वाचनपछि गत पुस ५ गतेसम्म जिल्लामा २० हजार २४ मतदाता थपिएका छन् । विसं २०७४ को निर्वाचन अनुसार तनहुँमा दुई लाख ११ हजार तीन सय ९६ मतदाता रहेका थिए । गत पुस ५ गतेभन्दा अगाडी दुई लाख ३१ हजार चार सय २० मतदाता पुगेका छन् । तनहुँमा गत निर्वाचनमा दश वटै स्थानीय तहमा गरी १ सय ३६ मतदान स्थल र २ सय ६५ मतदान केन्द्र रहेका छन् ।