प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७७, बिहीबार

    काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक ५ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

    त्यसैगरी पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोही इजलासले पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।