दोस्रो दिन तनहुँमा २ सय ९ ले कोभिड खोप लगाए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दोस्रो दिन तनहुँमा २ सय ९ ले कोभिड खोप लगाए

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७७, बिहीबार

    तनहुँ : तनहुँमा बिहीबार २ सय ९ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । कोभिडशिल्ड खोप अभियानको दोस्रो दिन प्राथमिकतामा परेका २ सय ९ जनाले खोप लगाएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पहिलो दिन बुधबार १ सय ४ जनाले खोप लगाएका थिए ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँले माघ १९ गतेसम्म जिल्लाका १ हजार ६ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाउँदैछ । खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ ।

    स्वास्थ्य कार्यालयका अनुसार सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी लगायतलाई यो खोप लगाइँदैछ ।