घिरिङमा विद्युतीकरण अभियान तीव्र, गड्यौलीटार र नयॉटारका २२० घरमा बत्ती बल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङमा विद्युतीकरण अभियान तीव्र, गड्यौलीटार र नयॉटारका २२० घरमा बत्ती बल्यो

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७७, शनिबार

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिकामा विद्युतीकरण अभियानलाई तीव्र पारिएको छ । विद्युत सेवाबाट वञ्चित सर्वसाधारणको घर उज्ज्यालो बनाउने अभियान अन्तर्गत गाउँपालिकाले विद्युतीकरणलाई तीव्रता दिएको हो ।

    गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाले विभिन्न वडामा विद्युत सेवा विस्तार गरिसकेको छ । सोही अभियान अन्तर्गत शुक्रबारदेखि तनहुँको घिरिङ गाउँपालिका–४ को गड्यौलीटार र नयाँटारमा विद्युत सेवा पुगेको छ । गड्यौलीटार र नयाँटारको दुई सय २० घरधुरीमा विद्युत सेवा विस्तार भएको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो ।

    तिहार अगावै उक्त ठाउँमा बत्ती बाल्ने तयारी गरिएपनि प्राविधिक कारणले काममा ढिलाई भएको थापाले बताउनुभयो । उक्त वडाको बत्ती बल्न बाँकी रहेका तीन वटा गाउँमा पनि विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । “विद्युत सेवा नपुगेका गाउँहरुमा विद्युतीकरणको अभियानलाई तीव्र बनाएका छौ, अब समग्र घिरिङ गाउँपालिका नै उज्ज्यालो बन्ने तर्खरमा छ,” उहाँले भन्नुभयो ।

    विद्युतीकरण उपभोक्ता समितिले अत्रौली, पुट्टार, माहोरकोट, गलकोट, भाटडाँडा, गजरकोट लगायतका ठाउँमा बत्ती बालिसकेको छ । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्ज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि करीब एक हजार पाँच सय भन्दा बढी घरमा विद्युत सेवा विस्तार गरिएको रानाले जानकारी दिनुभयो ।

    “गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पु¥याउने प्रतिबद्धता लगभग सकिने क्रममा रहेको छ,” उहाँले भन्नुभयो, “विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत आयोजना, नेपाल विद्युत प्राधिकरणले पनि सहयोग पु¥याएको छ ।”

    अब गाउँपालिकाका करिब एक सय ५० घरधुरीमा मात्रै विद्युत विस्तार गर्न बॉकी छ । गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले बन्टार, जगौलीटार र खुम्लिङटारमा मात्रै बत्ती पुग्न बॉकी रहेको र ती घरहरुमा पनि छिट्टै विद्युत विस्तार गरिने जानकारी दिनुभयो ।