तनहुँ : डाँफे मल्टिमिडियाले ‘मिस तनहुँ–२०२१’ आयोजना गर्ने भएको छ । जिल्लाका युवतीहरुको प्रतिभा प्रस्फूटन गर्ने उद्धेश्य सहित मल्टिमिडियाले मिस तनहुँको पाँचौ संस्करण आयोजना गर्न लागेको हो ।
संस्थाकी सञ्चालक सन्जु घलेका अनुसार अडिसनबाट छनोट भएका युवतीहरुलाई बोल्ने कला, व्यक्तित्व विकास, सौन्दर्य, फेसन डिजाइनिङ लगायतका तालिम प्रदान गरिनेछ । मिस तनहुँको पहिलो अडिसन शनिबार सम्पन्न भएको छ । दोस्रो अडिसन आगामी शनिबार गरिने र दुवै अडिसनबाट छानिएकालाई तालिम प्रदान गरिनेछ ।
प्रतियोगितामा विजेतालाई नगद रु ५० हजार, फस्ट रनर अपलाई रु ३० हजार, सेकेन्ड रनर अपलाई रु २० हजारका साथै जेभियर इन्टरनेशनल कन्सल्टेन्सीमार्फत् शैक्षिक प्याकेजको व्यवस्था गरिएको छ ।