काठमाडौमा भेटियो बर्डफ्लु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौमा भेटियो बर्डफ्लु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फुटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ ।

    बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिकाका पशु शाखाले जनाएको छ । बर्डफ्लु पुष्टि भएसँगै शनिबार नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली, तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीका साथै नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा उक्त फार्मलाई ‘सिल’ गरिएको छ ।