असन्तुष्ट पार्टीको मूलधारमै फर्किन्छन् : मन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    असन्तुष्ट पार्टीको मूलधारमै फर्किन्छन् : मन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ:गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपाका स्थायी कमिटीका सदस्य किरण गुरुङले पार्टीभित्र असन्तुष्ट रहेकाहरु पार्टीको मूल धारमै फर्किने बताउनुभएको छ । संसद विघटनको घटनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षले आन्दोलन गरिरहेको सन्दर्भमा मन्त्री गुरुङले केपीओली नेतृत्वको पार्टी नै मूलधारको पार्टी रहेकाले असन्तुष्ट सबै त्यसमै फर्किने बताउनुभयो । 

    तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ र भीमाद नगरपालिका–५ ऋषिङपाटन जोड्ने फेदीखोलामा निर्माण शुरु भएको पक्की पुलको आइतबार शिलान्यास गर्दै मन्त्री गुरुङले भन्नुभयो,“असन्तुष्ट घर नफर्किए उहाँहरुले अर्को पार्टी गठन गरेर जानुहुन्छ।सरकारले चुनाव घोषणा गरिसकेकाले अब चुनावको तयारीमा लाग्नुपर्छ।”

    मन्त्री गुरुङले चुनावको विरोध गर्नेहरु अलोकतान्त्रिक भएको आरोप लगाउनुभयो । मन्त्री गुरुङले सरकारको चुनाव घोषणा गर्ने कार्य संवैधानिक रहेकाले चुनावको तयारी गर्न आग्रह गर्नुभयो । नेकपा नेतृत्वको सरकार विकास निर्माणमा प्रतिबद्ध रहेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । विगत ३० औ वर्षसम्म सरकारले नगरेका विकासको काम वर्तमान सरकारले यो बीचमा गरेको उहाँको भनाई थियो ।