९८ वर्षीय ज्येष्ठ नागरिकलाई कोभिड खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ९८ वर्षीय ज्येष्ठ नागरिकलाई कोभिड खोप

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७७, आईतवार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका निवासी ९८ वर्षीय एक ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको खोप लगाइएको छ । देवघाट गाउँपालिकास्थित समाजकल्याण आश्रमको वृद्धाश्रममा रहनुभएका ९८ वर्षीय अगमप्रसाद लामिछानेले आइतबार कोभिड विरुद्धको खोप लगाउनुभएको हो ।

    स्वास्थ्य कार्यालय तनहुँले सञ्चालन गरेको खोप अभियानका क्रममा उहाँले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक कोरोनाको उच्च जोखिममा रहेकाले आश्रमका ज्येष्ठ नागरिकलाई खोप लगाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार आश्रम र देवघाट गाउँपालिकाका स्वास्थ्यकर्मी सहित एक सय १० जनालाई कोभिड विरुद्धको खोप लगाइएको छ ।

    तनहुँमा शनिबारसम्म ७ सय ८ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ १९ गतेसम्म जिल्लाका १ हजार ६ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाउने लक्ष्य छ । खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ । खोप लगाएकालाई हालसम्म कुनै लक्षण नदेखिएको कार्यालयले जनाएको छ ।