विभिन्न मुद्दामा फरार १२ प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विभिन्न मुद्दामा फरार १२ प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७७, आईतवार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा फरार रहेका १२ प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयबाट आइतबार १२ जना फरार प्रतिवादी पक्राउ गरेका हुन् ।

    जबरजस्ती करणी मुद्दामा विगत सात वर्षदेखि फरार रहेका तनहुँको देवघाट गाउँपालिका–२ बस्ने १९ वर्षीय सुमन श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई जिल्ला अदालतले विसं २०७० माघ १७ गतेको फैसलाले ६ महिना कैद सजाय तोकेको थियो ।

    प्रहरीका अनुसार लागुऔषध गाँजा मुद्दामा तीन महिनादेखि फरार व्यास नगरपालिका–१० बस्ने ३३ वर्षी जेके भन्ने टेकबहादुर विक, नाता कायम मुद्दामा फरार दुई, सम्बन्धविच्छेद मुद्दामा फरार एक, गाली बेइज्जती मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार चार, सवारी ज्यान मुद्दामा फरार एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकाबाट एक वर्ष तीन महिना कैद र रु ११ हजार एक सय ८७ जरीवाना भुक्तानका लागि आजै अदालत उपस्थित गराइएको छ ।