काठमाडाै : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । रिट निवेदक समीर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयाे ।
विभिन्न सार्वजनिक कार्यक्रममा प्रचण्डले सर्वाेच्चभन्दा ठूलो अदालत जनता भएको अभिव्यक्ति दिँदै अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ प्रभावित गर्न खोजेको आरोप लाग्ने गरेको छ । प्रचण्ड विरुद्धको मुद्दाको पेशी भोलि मंगलवारका लागि तोकिएको छ ।