नेपाली सेनाः काठमाडौको सडकमा बख्तरबन्द गाडीसहित सैन्य अभ्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाली सेनाः काठमाडौको सडकमा बख्तरबन्द गाडीसहित सैन्य अभ्यास

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७७, मंगलवार

    काठमाडौ : नेपाली सेनाले सोमवार राति बख्तरबन्द गाडीसहित काठमाण्डूको चक्रपथ परिक्रमा गरेको छ। नियमित अभ्यासको योजनाअनुसार चक्रपथ परिक्रमा गरेको नेपाली सेनाको भनाइ छ। 

    विगतमा पनि यस्ता खाले अभ्यास सीमित स्थानमा हुने गरेको सेनाले जनाएको छ। सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताउनुभयो ।

    पौडेलले आइतबार एक ट्‌वीट गर्दै नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार बख्तरबन्द गाडी एकसाथ सडकमा निस्कन लागेको जानकारी गराउनुभएको थियो।