


तनहुँ : तनहुँको दमौली निवासी दुई युवाले ब्ल्याक एण्ड ह्वाइट ह्याण्डसम पार्लर सञ्चालन गर्नुभएको छ । व्यास नगरपालिका–२ निवासी सलमान शेष र एकबाल खानले कालिकामार्गमा ब्ल्याक एण्ड ह्वाइट ह्याण्डसम पार्लर सञ्चालन गर्नुभएको हो ।

उक्त ह्याण्डसम पार्लरको मङ्गलबार शुभारम्भ गरिएको छ । व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले ह्याण्डसम पार्लरको उद्घाटन गर्दै युवाहरु व्यवसायमा लाग्दै स्वरोजगार बन्ने प्रयास गर्नु सकारात्मक भएको बताउनुभयो ।

रु दश लाखको लगानीमा ह्याण्डसम पार्लर सञ्चालनमा ल्याइएको सञ्चालक सलमान शेषले जानकारी दिनुभयो । उहाँका अनुसार ह्याण्डसम पार्लरबाट कपाल, दारी काट्ने, हेयर स्पा, फेस थेरापी लगायतका सुविधा छ । अर्का सञ्चालक एकबाल खानले ह्याण्डसम पार्लरमा तीन जनालाई रोजगारी दिइएको बताउनुभयो ।