निर्वाचन आयोग पुगेर प्रचण्ड–नेपाल समूहले गर्‍यो आधिकारिकताको दाबी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निर्वाचन आयोग पुगेर प्रचण्ड–नेपाल समूहले गर्‍यो आधिकारिकताको दाबी

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७७, मंगलवार

    काठमाडाै : प्रचण्ड-नेपाल समूह नेतृत्वको नेकपाले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ । अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित मंगलबार आयोग पुगेको नेकपाको समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो ।

    राजनीतिक दलसम्बन्धीको दफा ४४ आधार मानेर आफूहरुले पार्टीको आधिकारिताको दाबी गरेको प्रचण्ड–नेपाल समूहका लीलामणि पोखरेलले जानकारी दिनुभयाे । निर्वाचन आयोगले पुरानो ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मानेको भएकाले हामीले पुनः २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफूहरूले दाबी पेश गरेको बताउनुभयाे ।