कारागारका २६९ लाई कोभिड खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कारागारका २६९ लाई कोभिड खोप

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७७, मंगलवार

    तनहुँ : तनहुँ कारागारका २ सय ६९ जनालाई कोभिड विरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले प्राथमिकता परेका कैदीबन्दी सहित सुरक्षाकर्मीलाई मङ्गलबार कोरोना विरुद्धको खोप लगाएको हो ।

    Image may contain: 13 people, including Rakshya Kafle and Pabitra Shahi

    कारागारका २ सय ६० कैदीबन्दी र ९ जना सुरक्षाकर्मीलाई कोभिड विरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । “खोप अभियानको सातौ दिनमा प्राथमिकता नम्बर १ को लक्षित समूह नं ८ अन्तर्गत कारागारका कैदीबन्दीलाई खोप लगाइएको हो,” उहाँले भन्नुभयो ।

    खोप अभियान अन्तर्गत सोमबारसम्म जिल्लाका दश वटै स्थानीय तहका गरी एक हजार दुई सय पाँच जनालाई खोप लगाइएको थियो । अभियानका क्रममा सरकारी स्वास्थ्य संस्था, निजी स्वास्थ्य संस्था, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायतले कोभिड खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।