अख्तियार प्रमुखसहित सबै संवैधानिक अंगका पदाधिकारीको स्वतः नियुक्ति, आजै सपथ ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अख्तियार प्रमुखसहित सबै संवैधानिक अंगका पदाधिकारीको स्वतः नियुक्ति, आजै सपथ ग्रहण

    खबरपुञ्ज संवाददाता

    २० माघ २०७७, बुधबार

    काठमाडौं : संवैधानिक परिषदले बिभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका व्यक्तिहरुको आजै सपथ ग्रहण हुने भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको अहिले बिहान ९ बजे राष्ट्रपति भवन शित्तलनिवासमा सपथ ग्रहण हुँदैछ ।

    मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तको नियुक्ति, सिफारिस गरेको थियो ।

    सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण उनीहरुले संसदीय सनुवाइको सामना गर्नु परेन । संघीय सांसदको कार्यसन्चालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिस भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।

    यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए ।

    ( स्रोत : नेपाल प्रेस)