काठमाडौं : संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ खुवाउनुभएको हो ।
त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले सपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना,उपप्रधानमन्त्री ईश्वर पोखरेल,संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायत सहभागी हुनुहुन्थ्यो ।
नियुक्तिप्रति नै असहमति जनाएका सभामुख अग्नि सापकोटाले भने सपथग्रहण समारोह बहिस्कार गर्नुभएको छ। सापकोटाले संसदीय सुनुवाईका लागि पठाइएको निर्णयको सक्कल प्रति फिर्ता गर्नुभएको थियो।
मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धानको आयोगका प्रमुख आयुक्तका पूर्व सचिव प्रेम राई र आयुक्तहरुमा जयवहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरेको थियो ।