काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहले भोलि बिहीबार देशव्यापी आम हड्ताल गर्ने भएको छ। उक्त समूहका संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आम हड्ताल घोषणा गरिएको बताउनुभयो ।
सरकार काम चलाउ भइसकेको अवस्थामा संवैधानिक निकायमा जबरजस्ती नियुक्ति गरिएको भन्दै दाहाल-माधव समूहले पूर्वनिर्धारित आन्दोलनमा तत्कालै हेरफेर गरेर आमहड्ताल घोषणा गरेको हो।
आमहड्ताल घोषणाका लागि दाहाल-नेपाल समूहले अहिले पेरिस डाँडामा पत्रकार सम्मेलन राखेको छ। त्यहीँबाट आमहड्तालसहितका अन्य आन्दोलनको औपचारिक घोषणा तयारी दाहाल-नेपाल समूहले गरेको छ।