तनहुँ : धूलोले आजित भएको भन्दै युवा सङ्घ घिरिङले कृष्ण मोटरमार्गमा टिप्पर चल्न नदिने घोषणा गरेको छ । सङ्घका अध्यक्ष गोपाल विकले बुधबार विज्ञप्ती निकालेर बिहीबारदेखि अनिश्चतकालका लागि टिप्पर चल्न नदिने घोषणा गर्नुभएको हो ।
उक्त मार्गमा पर्ने सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी उक्त निर्णय गरिएको विज्ञप्तीमा जनाइएको छ । “सम्बन्धित निकायको ध्यानाकर्षणका लागि माग पूरा नभएसम्म टिप्पर चल्न दिन्नौ,” विज्ञप्तीमा भनिएको छ ।
तत्कालको लागि धुलोमुक्त गर्न धेनुङ्ग देउरालीदेखि पुट्टारसम्म धुलो बाटोमा पानी हाल्नु पर्ने सङ्घको अडान रहेको छ।