तनहुँ : तनहुँको व्यास नगरपालिका-१ निवासी दुबै मिर्गौला पीडित आशमाया तामाङको उपचारका लागि रु १६ लाख दश हजार छ सङ्कलन भएको छ । नवयुवा क्लवको नेतृत्वमा आशमायाको उपचारका लागि उक्त रकम सङ्कलन भएको हो ।
आशमाया बचाउ अभियान गठन गरी रकम सङ्कलन अभियान थालिएकामा बुधबारसम्म उक्त रकम सङ्कलन भएको क्लवका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो । त्यसमध्ये केही रकम उठ्न बॉकी रहेको तामाङले बताउनुभयो ।
तामाङका अनुसार जिल्लाभित्र रहेका र देश तथा विदेशमा रहेका नेपालीले आशमायाको उपचारका लागि सहयोग गरेका छन् । क्लवका अघ्यक्ष तामाङले प्रत्येक सहयोगदाताको विवरण फेसबुक मार्फत् सार्वजनिक गर्दै आउनुभएको छ।
सङ्कलित रकम छिट्टै पत्रकार सम्मेलन आयोजना गरी पीडितलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । पीडितको काठमाडौस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।