दमौलीबाट दाहाल-नेपाल समूहका १६ कार्यकर्ता पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीबाट दाहाल-नेपाल समूहका १६ कार्यकर्ता पक्राउ

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०७७, बिहीबार

    तनहुँ : नेकपा दाहाल-नेपाल समूहले बिहीबार आव्हान गरेको नेपाल बन्दको क्रममा दमौलीबाट १६ जना कार्यकर्ता पक्राउ परेका छन् । बन्द गराउन मुख्यचोकमा खटिएका कार्यकर्तालाई प्रहरीले बिहानै पक्राउ गरेको हो।

    प्रहरीले नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ सहितका कार्यकर्तालाई पक्राउ गरेको हो । प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले १६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। उहॉका अनुसार राजमार्गमा सञ्चालन भएका सवारीलाई स्कर्टिङ गरिएको छ । बन्दका कारण अन्य दिनको तुलनामा सार्वजनिक सवारी कम चलेका छन् ।

    बन्दका कारण बजार क्षेत्रका पसल बन्द छन् भने मोटरसाईकल पनि फ्याट्टफुट्ट रुपमा चलिरहेका छन् ।

    रिहा गर्न माह
    नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेश सदस्य अतिन्द्रकेशरी न्यौपाने, युवासंघका अध्यक्ष ईश्वर बस्याल लगायत पक्राउ परेका कार्यकर्ता रिहाईको माग गरिएको छ । पार्टीका सहइन्चार्ज आशा कोइरालाले विज्ञप्ती निकालेर उक्त माग गर्नुभएको हो ।