काठमाडाै : महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गरेको छ। काठमाडौं र भक्तपुरका १० स्थानबाट करिब तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गरेका हुन्।
प्रधानमन्त्री केपी ओली पक्षधरको भोलि हुन लागेको आमसभालाई लक्षित गरी मार्चपास गर्न लागिएको बस्नेतले बताउनुभयाे । उहाँका अनुसार मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै पुन: वाल्मिकी कलेज पुगेको छ।
काठमाडौंका ८ र भक्तपुरका २ ठाउँबाट मोटरसाइकलमा स्यमंसेवक आएका थिए। मार्चपासपछि वाल्मिकी कलेजमै आएर ती स्वयंसेवकलाई प्रशिक्षण दिने कार्यक्रम राखिएको छ। प्रशिक्षणपछि ती स्वयंसेवक भोलि नारायणहिटी संग्रहालय अगाडि हुने आमसभामा खटिने छन्।
स्राेत : सेताेपाटी