काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमी समेटेर नक्सा बनाएको दिनदेखि नै आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भएको दाबी गर्नुभएकाे छ । काठमाडौंमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नक्सा छापेदेखि नै केही व्यक्तिहरु केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाइ नहुने अवस्थामा पुगेको र षडयन्त्र सुरु गरेको बताउनुभयाे ।
‘पहिलो कार्यकालमा चीनसँग पारवहन सम्झौता गरेलगत्तै मलाई प्रधानमन्त्री पदबाट हटाइयो’ उहाँले भन्नुभयाे ‘अहिले नक्सा छापेपछि कतिपय मानिसहरुलाई केपी ओलीलाई नहटाइ नहुने भएको थियो। संविधान संशोधन गरेकै दिनदेखि उनीहरु मलाई हटाउन खोजेका थिए।’
प्रधानमन्त्री ओलीले आफूले भूपरिवेष्ठित देशलाई भूजडित बनाएको, तीब्र विकास निर्माण गरेको र सडक बालबालिका, ज्येष्ठ नागरिक, मजदुर किसानको हितमा काम गरेको र राष्ट्रियताको सम्बर्द्धन गरेको बताउनुभयाे ।