ससंद विघटनविरुद्ध काँग्रेसका १८ शुभेच्छुक संस्थाले देशभर विरोध प्रदर्शन गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ससंद विघटनविरुद्ध काँग्रेसका १८ शुभेच्छुक संस्थाले देशभर विरोध प्रदर्शन गर्दै

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०७७, शनिबार

    काठमाडौं : नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज (शनिबार) संसद् विघटनको विरोधमा देशभर प्रदर्शन गर्दैछन् । माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो ।

    मातृ पार्टीको सोही निर्देशन अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् । भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरुले विरोध प्रदर्शनमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न मातहतलाई निर्देशन दिएका छन् ।

    सोहीअनुसार शनिबार शुभेच्छुक संस्थाहरुलाई ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेका हुन् । काँग्रेसले जिल्ला कार्यसमितिहरुलाई फागुन ३ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न भनेको छ । यसअघि मातृ पार्टीको निर्देशनअनुसार १३ भ्रातृ संगठनहरु माघ १९ गते देशभर प्रदर्शन गरेका थिए ।

    यस्तै, प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणमा पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ मा पालिका र माघ ८ मा वडास्तरीय प्रदर्शन गरेका थियो । पहिलो चरणमा पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।