आन्तरिक पर्यटन पुनरूथान समिति तनहुँको अध्यक्षमा विकास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आन्तरिक पर्यटन पुनरूथान समिति तनहुँको अध्यक्षमा विकास

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०७७, शनिबार

    तनहुँ : आन्तरिक पर्यटन पुनरूथान समिति तनहुँको अध्यक्षमा विकास खनाल सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विपिन प्रधान, सचिवमा किशन प्रधान , कोषाध्यक्षमा फूलमति थापा चयन हुनुभएको छ ।

    त्यस्तै सदस्यहरूमा रामचन्द्र खड्का , सुजन अधिकारी , सुजन श्रेष्ठ , अरूण श्रेष्ठ र सङ्गिता प्रधान चयन हुनुभएको छ । आन्तरिक पर्यटन पुनरूथान समिति ( गण्डकी प्रदेश ) का संयोजक अग्नि कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहसंयोजक सञ्जयकान्त सिग्देल तथा सदस्य सचिव विमल कंडेल लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा संयोजक कंडेलले तनहुँ जिल्लामा आन्तरिक पर्यटन सम्बन्धि प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गरि कोभिड १९ बाट प्रभावित भएको पर्यटनलाई गतिशील बनाउनका लागि समिति गठन गरिएको बताउनुभयो ।

    कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र , पर्यटनविद हरिसिंह गुरूङ , तनहुँ उवासंघ बन्दिपुर सभापति वैश गुरूङ , क्षेत्रीय होटल संघ तनहुँका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ , बन्दिपुर सभापति विपिन प्रधान , डुम्रे सभापति रामचन्द्र खड्का लगायतले बोल्नुभएको थियो ।

    निर्वाचित अध्यक्ष खनालले सबै स्थानीय तह , पर्यटन संघसंस्था लगायतसँग समन्वय गरि आन्तरिक पर्यटनलाई माथि उकास्न पहल गरिने बताउनुभयो ।

    यसैबीच समितिको पहिलो बैठकले तीन जनालाई सल्लाहकारमा चयन गरेको छ । हरिसिँह गुरूङ , बैकुण्ठनाथ मिश्र र वैश गुरूङ सल्लाहकारमा चयन हुनुभएको छ।