हरिनासमा उपाध्यक्षसंग सुत्केरी पोषण कार्यक्रम : सुत्केरीलाई गाउँपालिकाको २८ सय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    हरिनासमा उपाध्यक्षसंग सुत्केरी पोषण कार्यक्रम : सुत्केरीलाई गाउँपालिकाको २८ सय

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०७७, शनिबार

    तनहुँ : गर्भवती महिलालाई नियमित स्वास्थ्य परिक्षण गराउने बानी बसाल्दै सुरक्षित तवरले स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रेरित गर्ने उदेश्यले स्याङजाको हरिनास गाउँपालिकाले ‘उपाध्यक्षसंग सुत्केरी पोषण’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । चालु आर्थिक बर्षको बजेट, निती तथा कार्यक्रममा उल्लेख भए अनुसार यो कार्यक्रम सञ्चालनमा ल्याईएको हो ।


    गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले शुक्रबार यहाँको क्याक्मी स्वास्थ्य चौकीबाट यो कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले दुई जना सुत्केरीलाई पोषणका लागी दुई हजार आठ सय रुपैयाँ हस्तानतरण गर्नुभयो । कार्यक्रमले महिलाको स्वास्थ्य अवस्थामा सुधार र बालबालिकाको पोषणका लागी सघाउने उहाँले बताउनुभयो ।

    उपाध्यक्ष पराजुलीका अनुसार गत साउनयता गर्भवती अवस्थामा नियमित स्वास्थ्य परिक्षण गराएका र सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई मात्र दुई हजार आठ सय रुपैयाँ भत्ता दिईनेछ । यसका लागी चालु आर्थिक बर्षको बजेटमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

    गत साउनयता गाउँपालिकामा कार्यक्रमले तोकेको मापदण्ड पुरा गरी २९ जना सुत्केरी भएका छन् । ती सबैलाई सम्बन्धित स्वास्थ्य संस्थाबाट उक्त रकम दिईने उहाँले बताउनुभयो । बालबालिकालाई सुनौला हजार दिनसम्म लगाउनुपर्ने खोप लगाउनलाई पनि सचेत गराउने गरेको उहाँको भनाई छ ।