बालिका हत्याको विरोधमा नबोल्नेहरु मेरो विरुद्ध डेलिगेशन गएछन् : झाक्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालिका हत्याको विरोधमा नबोल्नेहरु मेरो विरुद्ध डेलिगेशन गएछन् : झाक्री

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०७७, शनिबार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाक्रीले बालिका बलात्कारपछि हत्या गरिँदा चुइकक नबोल्नेहरु आफ्नो विरुद्धमा गृहमन्त्रालयमा डेलिगेसन गएको बताउनुभएको छ ।

    उक्त समूहले शनिबार दमौलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेतृ झाक्रीले भन्नुभयो, “बालिकाको हत्या हत्यारालाई पक्राउ गर भनेर गृहप्रशासनमा एक पटक डेलिगेशन नजाने विद्या भण्डारीको महिला सङ्घको कम्पनी मेरा विरुद्ध डेलिगेशन गएछन् ।” नेतृ झाक्रीले अनेमसङ्घलाई राष्ट्रपति विद्या भण्डारीको प्राइभेट कम्पनीको सङ्ज्ञा दिनुभयो । राष्ट्रपति भण्डारीको विरोधमा बोल्दा नेतृ झाक्री चर्चामा आउनुभएको थियो ।

    झाक्रीले हजारौ सहिदका बलिदानबाट प्राप्त व्यवस्था र संविधानका विरुद्ध बोल्नेहरुका विरुद्ध हदैसम्मका लडाई गर्न आफूहरु तयार रहेको टिप्पणी गर्नुभयो । “हामी मैदानबाट भाग्दैनौ, जे गर्न सक्छौ गरे हुन्छ,” उहाँले भन्नुभयो, “तब जनता जाग्नेछन् तब राजा ज्ञानेन्द्र त ढले केपी ओली पनि ढल्छन् ।”