तनहुँ : तनहुँकाे व्यास नगरपालिका- १२ छिर्कनका अनुप क्षेत्रीले उपचारमा लागि सहयोगको अपिल गर्नुभएकाे छ । २८ वर्षीय अनुपले दुवै मृर्गौला फेल भए पछि उपचारका लागि सहयाेगकाे अपिल गर्नुभएकाे हाे ।
घरको जेठो छोराको दुवै मिर्गाैला फेल भएकाे र आर्थिक अवस्था कमजाेर रहेकाले उहाँका परिवार चिन्तित छन् । आर्थिक अवस्था कमजाेर रहेकाले छाेराकाे उपचारका लागि समस्या भएकाे बुबा पदमबहादुर क्षेत्रीले बताउनुभयाे ।
डेढ वर्ष अघि मिर्गाैलामा खराबी देखिएपछि हाल उहाँ पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत हुनुहुन्छ । लामो समयसम्म पनि उपचारबाट स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकले मिर्गाैला प्रत्याराेपणकाे सुझाव दिएका छन् ।
“हाल हप्तामा दुई पटक डायलायसिस गर्नु परेको छ, डाक्टरले वैशाखमा मिर्गाैला प्रत्यारोपण गर्नुपर्छ भन्नु भएको छ । पैसाको अभाबका कारण उपचारमा ढिलाई भईरहेको छ,” उहाँले भन्नुभयाे । डाक्टरले १५ देखि २० लाख खर्च हुने बताएकाले उपचारमा सहयाेग गर्न अनुराेध गरिएकाे उहाँले बताउनुभयाे ।
क्षेत्री हाल डुम्रे स्थित सगरमाथा इन्स्याेरेन्स कम्पनीमा कार्यरत हुनुहुन्छ ।