तनहुँ : व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ र मनराज गुरुङको शब्द रहेको ‘तिम्रो यादमा पिउने बानीले’ गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । उक्त गीतको म्युजिक भिडियो आइतबार साँझ ६ बजे सार्वजनिक गर्न लागिएको हो ।
यस अगाडी उक्त गीतको अडियो सार्वजनिक भइसकेको छ । टिकटकमा समेत गीतको अडियोले लोकप्रियता कमाएको छ । उक्त गीतको म्युजिक भिडियोको छायाङ्कन जापानमा गरिएको छ । उक्त गीतका सङ्गीतकर्ता समेत रहनुभएका गुरुङले म्युजिक भिडियोलाई दर्शकले मन पराइदिने विश्वास व्यक्त गर्नुभयो ।
पवन राना मगरको आवाज रहेको गीतमा विजय थापा काजी, सोनाली परियार, विनोद खत्री, पवन राजा, सपना थापा, मनोज केसी, विनमजङ खत्री रिमा खत्रीको अभिनय रहेको छ । अजितजंग क्षेत्री र तेजिन्द्र भण्डारीले छायाङ्कन गर्नुभएको भिडियोमा मनराज गुरुङ र विजय काजीको निर्देशन छ । उक्त गीतको मिडिया पार्टनरमा खबरपुञ्ज डटकम र गलकोट अपडेट रहेको छ ।