तनहुँ : तनहुँमा लक्ष्यभन्दा एक सय ९ प्रतिशत बढीले कोभिड विरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शनिबारसम्म एक हजार आठ सय ३० जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । तनहुँमा एक हजार ६ सय ७९ जनालाई खाेप लगाउने लक्ष्य थियाे ।
कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले एक हजार ६४ महिला र ७ सय ६६ पुरुषले कोभिड खोप लगाएको जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार ४७ महिला र २१ पुरुष गरी ६८ जनालाई खोप लगाइएको छ ।