१६१ रुपैयाँमा खुल्यो चन्द्रागिरि हिल्सको सेयर कारोबार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    १६१ रुपैयाँमा खुल्यो चन्द्रागिरि हिल्सको सेयर कारोबार

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७७, आईतवार

    काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चन्द्रागिरि हिल्सको कारोबार सुरु भएको छ । गएको शुक्रबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर आज नेप्सेको स्पेसल–प्रि ओपन सेसनमा १६१ रुपैयाँमा पहिलो कारोबार भएको छ ।

    नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९६ रुपैयाँ ६९ पैसा देखि २९० रुपैयाँ ७ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले सूचीकृत कम्पनीको पहिलो कारोबारको लागि पछिल्लो आर्थिक वर्षको अडिटेड वित्तीय विवरणको आधारमा नेटवर्थदेखि नेटवर्थको तीन गुणसम्म ओपनिङ रेन्ज तोक्ने गर्दछ ।

    सोहीअनुसार प्रिओपनिङ सेसनमा कम्पनीको सेयर १६१ रुपैयाँमा पहिलो कारोबार भएको छ । अब आजको कारोबारमा कम्पनीको मूल्य १० प्रतिशतले घटबढ भएमा सर्किट लाग्छ । १६१ रुपैयाँमा पहिलो कारोबार भए पनि कम्पनीको सेयरमा खरिद चाप रहेको छ भने बिक्री चाप शून्य छ ।