संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सभामुखद्वारा दर्ता रिटको सुनुवाइ आज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सभामुखद्वारा दर्ता रिटको सुनुवाइ आज

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७७, आईतवार

    काठमाडाै : संवैधानिक परिषद्ले गरेका विभिन्न संवैधानिक निकायमा गरेका पदाधिकारी नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सभामुख अग्नि सापकोटाले सर्वाेच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ आज (आइतबार) हुँदै छ।

    सभामुख सापकोटाले गत शुक्रबार दायर गराएको रिटको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा आज सुनुवाइ हुने भएको हो। सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाउनुभएकाे थियाे ।

    तर प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्ति दिनुभएकाे थियाे ।