जीवन सेवा अभियानबाट आदिकविका विद्यार्थीलाई छात्रवृत्ति वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जीवन सेवा अभियानबाट आदिकविका विद्यार्थीलाई छात्रवृत्ति वितरण

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्थापित ‘जीवन सेवा अभियान’ बाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । आर्थिक रुपमा विपन्न, अभिभावकविहिन तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य सहित स्थापित अभियानमार्फत् आइतबार तीन जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

    अभियानमार्फत् सङ्कलन भएको रकमबाट तीन जना विद्यार्थीलाई तीन महिना बापतको रकम प्रदान गरिएको अभियानका संस्थापक राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति महिना रु एक हजार तीन सयका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो । अभियानमार्फत् क्याम्पसमा अध्ययनरत २५ जनालाई छात्रवृत्ति प्रदान गरिसकिएको छ ।

    विद्यार्थीहरूको शिक्षा र सिकाईलाई निरन्तरता दिने, विद्यार्थीहरुमा आध्यात्मिक तथा नैतिक चिन्तन, मानवता तथा निष्पक्ष, निस्वार्थ सेवा प्रदान गर्ने तथा विद्यार्थीका लागि विद्यार्थी भन्ने उद्देश्यले अभियान गठन गरिएको थियो ।

    उक्त अभियानमा जोडिँदै व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले रु पाँच हजार पाँच सय ५५ र सङ्गकुमार श्रेष्ठले रु तीन हजार सहयोग गर्नुभएको छ ।

    छात्रवृत्ति वितरण कार्यक्रममा लायन्स ३२२५ वि १ का पूर्व गभर्नर अशोककुमार श्रेष्ठ, व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठ, युथ काङ्ग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमिल्सिना, युवा अभियान्ता अपार पौडेल लगायतको उपस्थिति थियो ।