इट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई शैक्षिक सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    इट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई शैक्षिक सामग्री

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–११ स्थित घाँसीकुवा इट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकाहरुका लागि सोमबार शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ । घाँसीकुवा इट्टा उद्योगमा एक कार्यक्रमका बीच एकीकृत हरित विकास नेपाल संस्था र ग्लोबल फेयेरनेश इनिसिएटिभ संस्थाको सहकार्यमा सञ्चालित बेटर ब्रिक नेपाल नामक कार्यक्रम मार्फत् कामदारका २४ जना बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो ।

    व्यास नगरपालिका–११ का वडा अध्यक्ष निरबहादुर खड्काले ती बालबालिकालाई शैक्षिक सामग्री र पोशाक वितरण गर्नुभयो । चण्डिका आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । सो अवसरमा वडाध्यक्ष खड्काले कामदारका बालबालिका भएपनि अवसर पाए ती बालबालिका समेत भविष्यमा ठूलो मान्छे बन्न सक्ने बताउनुभयो ।

    एकीकृत हरित विकास नेपालका उपाध्यक्ष रामदत्त पौडेलले विगत तीन वर्षदेखि इट्टा उद्योगहरुमा सहयोग गर्दै आइरहेको र यस्तो सहयोगले आर्थिक र सामाजिक रुपमा विपन्न बालबालिकाहरुलाई भविष्यमा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    जिल्लामा विगत तीन वर्षदेखि कामदारमैत्री इट्टा उद्योग, इट्टा उद्योगमैत्री नीति र स्थानीय शासन भन्ने उद्देश्यका साथ इट्टा उद्योगका बालबालिकालाई विद्यालयसम्म लैजान सहजीकरण गर्ने, कामदारमा चेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालित छ ।