काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघको अध्यक्षमा बचनबहादुर सिंह चयन हुनुभएको छ । युवा संघ र वाइसिएल एकीकरण हुनुअघिका अध्यक्ष र एकीकरणपछिका सहसंयोजक रमेश पौडेलले विदा लिनुभएको छ।
युवा संघ इन्चार्ज महेश बस्नेत सहितको अध्यक्ष मण्डलले सिंहलाई प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले अध्यक्ष चयन गरेको केन्द्रीय सदस्य जय गुरुङले जानकारी दिनुभयो ।
बैठकले युवा संघको सह–अध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । सिंह जेठ १६ गतेसम्म अध्यक्ष रहने र त्यसैदिन उनी ४० वर्ष पुग्ने भएकाले त्यसपछि किरण पौडेल स्वतः अध्यक्ष हुने समझदारी बनेको छ ।
त्यस्तै राष्ट्रिय युवा संघको महासचिवमा रमेश आचार्य चयन हुनुभएको छ। राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा प्रचण्ड-माधव नेपाल पक्षमा लागेपछि उनलाई हटाएर अोली पक्षले नयाँ नेतृत्व चयन गरेको हो । (नेपाल प्रेसबाट)